fbpx
राजनीति

विभिन्न माग राखी धर्नामा बसेका १० नर्स पक्राउ

काठमाडाैँ – विभिन्न माग राखी धर्नामा बसेका १० जना नर्स पक्राउ परेका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्सहरुले शान्तिपुर्ण धर्नाको तयारी गर्नेक्रममा पक्राउ परेका हुँन्।  वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो ।

प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने, सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने, ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने प्रत्यारोपण केन्द्रका नर्सले माग राख्दै आन्दोलन गर्दै आइरहेका छन्।

पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ । हाल दुबै अनसनरत नर्सहरुको मुटुको चाल गढबडी, रक्तचाप कमी, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।अनसन सुरु गरेको आज एक साता बितिसक्दा पनि नर्सहरुको माग सम्बोधनको लागि सम्बन्धीत निकायले चासो दिएको छैन।