fbpx
राजनीति

कम्युनिष्टकाे एकताले नै काँग्रेस पराजित भएकाे हाे : सभापति देउवा

फाइल फाेटाे

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । 

प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन् ।

‘पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो’, उनले भने । 

मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काङ्ग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो । 

‘आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ’, सभापति देउवाले भने । अन्तरघात मुक्त काङ्ग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा उनले जोड दिए । 

सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै काङ्ग्रेसभिक्र सशत्त एकताको खाँचो रहेको बताए । 

काङ्ग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरीत भएको भन्दै सरकारविरुद्ध सङ्घर्षमा जानुपर्ने बेला आएको बताए । 

पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभिक्र सैद्धान्तिक, नीति, कार्यत्रममा आधारित एकता आवश्यक भएको धारणा व्यक्त गरे । नेता सिटौलाले प्रेस स्वतन्त्रताको पक्षमा काङ्ग्रेस सधैँ दृढ रहेको पनि स्पष्ट पारे । (रासस)