fbpx
राजनीति

आन्दोलित पत्रकारकाे प्रश्न : लाेकतन्त्र कि पञ्चायत रिटर्न्स ?

काठमाडौँ । सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।

विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनअन्तर्गत आज नयाँबानेश्वरस्थित संसद भवनअगाडि पत्रकारहरू सञ्चार साधनहरुसहित प्रदर्शनमा सहभागी भए ।

प्रदर्शनमा ‘मिडिया काउन्सिल विधेयक फिर्ता गर’, ‘पूर्ण प्रेस स्वतन्त्रता ग्यारेण्टी गर’, ‘नागरिक अधिकार सुनिश्चित गर’, ‘पत्रकारले समाचार लेख्ने कि सत्ताको भजन ?’, ‘लोकतन्त्र कि पञ्चायत रिटर्न्स’ जस्ता प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

तस्वीरः पत्रकार महासंघकाे फेसबुक पेज