fbpx
राजनीति

माैसममा खराबीका कारण प्रधानमन्त्री ओली चढेकाे हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

फाइल फाेटाे

चितवन । मौसमको खराबीका कारण प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण गर्नुपरेको छ ।

लुम्बिनी जान लागेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर मौसमको खराबीका कारण भरतपुरस्थित आर्मी ब्यारेकमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।

आकस्मिक अवतरणपश्चात प्रधानमन्त्री ओली आधा घण्टा ब्यारेकमा रोकिएका थिए । मौसममा सुधार आएपछि अहिले उनी गन्तव्यतर्फ लागिसकेका छन् ।