fbpx
राजनीति

एक महिनाका लागि परिवारसहित पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लागेका हुन् । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् । 

निर्मल निवास स्रोतका अनुसार उहाँ करिब एक महिना बसाईको लागि थाइल्याण्ड जान लागेका हुन् । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्नुभएको ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका हुन् । 

यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।